विकास आनन्दले पाए नेपाल एसबिआई बैंकमा डेपुटी सीईओको जिम्मेवारी

काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारी विकास आनन्दले पाएका छन् ।
प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका आनन्द बरिष्ठताको आधारमा डेपुटी सीइओ बनेको हुन् । उनको कार्यकाल आज अर्थात् जेठ १३ गतेदेखि लागू हुनेछ ।
नेपाल एसबिआई र भारतीय स्टेट बेंक बीचको प्राविधिक सेवा सम्झौता बमोजिम आनन्द प्रमुख संचालक अधिकृतको रुपमा खटिएका थिए । बैंकको जेठ १२ गते बसेको संचालक समितिको बैठकले उनलाई डेपुटी सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
हाल बैंकको डेपुटी सीईओको जिम्मेवारी राजेश कुामर पंडाले सम्हाल्दै आएको थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत हुन् । आजदेखि भने उनले प्रमुख वित्तीय अधिकृतको मात्रै जिम्मेवारी सम्हाल्नेछन् ।