सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र संचालकबाट बाहिरिए आचार्य, लिम्बुको इन्ट्री

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र संचालकको राजिनामा स्वीकृत भएको छ ।
संचालक मनोज कुमार आचार्यले दिएको राजिनामा स्वीकृत भएको हो । उनले व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए ।
तर, मंगबालर (जेठ १३ गते) बसेको संचालक समितिको रिक्त स्वतन्त्र संचालकमा टेकु नन्द ईवा (लिम्बु) लाई नियुक्ति गरेको छ ।