आरएसडीसी लघुवित्तको सीइओमा दोहोरिए पौडेल, कम्पनी सचिवको पनि जिम्मेवारी « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

आरएसडीसी लघुवित्तको सीइओमा दोहोरिए पौडेल, कम्पनी सचिवको पनि जिम्मेवारी



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः ध्रव कुमार पौडेल नियुक्त भएका छन् ।

उनी दोस्रो कार्याकालका लागि सीइओ बनेका हुन् । कम्पनीका शनिबार (साउन १७ गते) बसेको संचालक समितिको बैठकले पौडेललाई पुनः सीइओमा दोहोर्याउने निर्णय गरेको हो ।

उनको कार्यकाल चार वर्षको हुनेछ । आउँदो १० गतेदेखि कार्यकाल लागू हुने कम्पनीले जनाएको छ । सोही बैठकबाट पौडेललाई पुनः कम्पनी सचिवमा पनि नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्