लायन्स क्लवकाे प्रथम क्याबिनेट सम्पन्न « Arthapath.com
२ भाद्र २०७६, सोमबार

लायन्स क्लवकाे प्रथम क्याबिनेट सम्पन्न



प्रथम महिला प्रधानन्यायाधीश कार्की सम्मानित

काठमाडौ । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ काे पहिलाे डिस्ट्रिक्ट ईन्सटलेशन तथा प्रथम क्याविनेट मिटिङ भब्यताका साथ सम्पन्न भएकोछ। श्रावण ३२ गते शनिवार ग्रिनल्याण्ड ब्याङ्क्वेट, थानकोट, काठमाडौंमा भएको कार्यक्रममा नेपालका प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सम्बाेधन गर्नु हुदै सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले लायन्स क्लबले समाजमा पुर्याएकाे याेगदान र बिशेष गरि वर्तमान गभर्नरले ल्याएको महिला सशक्तीकरण र सीपमूलक तालिम संचालनकाे खुलेर प्रशंसा गर्नुभयाे। कार्यक्रममा अाफ्नाे धारणा राख्दै डिस्ट्रिक्ट गभर्नर लायन ईन्दु लम्सालले समाजरुपान्तरणमा महिलाहरुले खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर तुल्याउन यस वर्ष सामाजिक सेवामा सकृय महिलाहरुलाई सम्मान गरिने र महिला सशक्तीकरणका कार्यक्रम अगाडि बढाईने बताउनु भयाे।

कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लबका ईन्टरनेशनल डाईरेक्टर सन्जय खेतानले अाफ्नाे धारणा राख्दै उपस्थित लायन लिडरहरुलाई उत्साहित गराउनु भएको थियाे। एरिया लिडर बालकृष्ण बुर्लाकाेटी, पूर्व गभर्नरहरु राजन लम्साल, गिरधारी शर्मा, गाैतममान श्रेष्ठ, याेगेन्द्र प्रधान, ध्रुब थापा, धनराज अाचार्य, अशाेक श्रेष्ठ लगायतका अतिथिहरुकाे उपस्थितिमा सम्पन्न भएको क्याविनेट बैठकलाई बिशेष महत्वका साथ हेरिन्छ। यस बैठकमा १३४ वटा नयाँ क्लवहरुकाे समुद्घाटन र नयाँ क्लवका सबै संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियाे। यस क्याविनेट मिटिङले लायन्सहरुमा छुट्टै उत्साह र उमंग ल्याएकाे र यस्तो भव्य कार्यक्रममा सहभागी हुन पाउँदा अाफूमा नयाँ उर्जा थपिएको लायन्स क्लब अफ काठमाडौं गाेङ्गबुका अध्यक्ष लक्ष्मण ढुङ्गानाले बताउनु भयाे।

मिटिङमा देश भरिबाट करिव पच्चीस सय लायन्स सदस्यहरु सहभागी भएका थिए। अनुमान गरिए भन्दा धेरै सहभागी उपस्थित भएकाले व्यवस्थापनमा केही समय समस्या उत्पन्न भएको तर सावधानी पूर्वक समाधान गरिएको अायाेजक लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्व अध्यक्ष तथा जाेन चियर पर्सन अनुज कुमार श्रेष्ठले जानकारी दिनुभयाे। श्रेष्ठले कार्यक्रममा उपस्थित भएर पनि भिडभाडका कारण सहभागीताकाे प्रमाणपत्र पाउन नसक्नु भएकाहरुले अायाेजक क्लबमा यथासिघ्र सम्पर्क राख्न अनुरोध गरेकाछन्। विश्व भरी लायन्स क्लवलाई मानवीय सेवा र सामाजिक क्रियाकलापका निम्ति अब्वल मानिन्छ। नेपालमा महाभुकम्पका बेला पिडितहरुलाई उद्धार गर्ने, राहत सामाग्री वितरण गर्ने, बाढी पहिराे, अागलागि हुदा उद्धार कार्यमा जुट्न लायन्स क्लवका सदस्यहरुकाे भूमिका अग्र स्थानमा रहेकाेछ।


प्रतिक्रिया दिनुहोस्