एनसेललाई १८ अर्व भुत्तानी गर्न लेखा समितिको निर्देशन « Arthapath.com
१९ माघ २०७६, आईतवार

एनसेललाई १८ अर्व भुत्तानी गर्न लेखा समितिको निर्देशन



काठमाडौं । एनसेलले पुँजीगत लाभकर वापतको वक्यौता रकम नबुझाउँदासम्म १८०० ब्यान्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी नदिन सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार बसेको बैठकमा सभापति भरतकुमार शाहले एनसेलले बुझाउनु पर्ने पुँजीगत लाभकरको सम्पूर्ण रकम नबुझाएसम्म फ्रिक्वेन्सी नदिने निर्देशन दिएका छन् । कुल २२ अर्ब ४४ करोड ९७ लाख ९ सय ५५ रुपैयाँ ५ पैसाबाट हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ मात्र एनसेलले बुझाएको छ । बाँकी रहेको १८ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यसम्ममा किस्तामा बुझाउन पाउनु पर्ने भन्दै निवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्