डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुखमा शेषरमण आचार्य « Arthapath.com
२१ माघ २०७६, मंगलवार

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुखमा शेषरमण आचार्य



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यक्रकारी अधिकृतको रुपमा शेषरमण आचार्य नियुक्त भएका छन् । सञ्चालक समितिको पछिल्ले पटक बसेको बैठकले उनलाई नियुक्त गरेको हो । उनलाई सोमवार नै काममा आउनेगरि नियुक्त गरेको हो ।

करिव ३० बर्ष विकास बैंकमा काम गरेको अनुभव भएका आचार्यबाट संस्थालाई थप उचाईमा पुर्याउने विश्वास संस्थाले लिएको छ । उनी ३० बर्ष विकास बैंकमा कार्य गरि उप महाप्रबन्धबाट सेवा निवृत्त भएका थिए ।

आचार्यको कुशल व्यवस्थापकिय क्षमताले संस्थाले थप गति लिने विश्वास गरिएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था हाल ७१ जिल्लाका १ सय १९ वटा शाखा कार्यालयहरु मार्फत करिव २ लाख ८ हजार जना सदस्यहरुलाई वित्तीय सेवा दिईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्