आइएमई ट्राभलकाले १४ औँ वार्षिकोत्सव मनायो « Arthapath.com
२१ माघ २०७६, मंगलवार

आइएमई ट्राभलकाले १४ औँ वार्षिकोत्सव मनायो



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको १४औँ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवका अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न योजना ल्याएको छ ।
सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गर्ने,
त्यस्तै, हवाइ टिकट खरिद गर्ने मध्येबाट पनि १ जनालाई सोही अनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराउने भएको छ । उक्त योजना फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुने आइएमई ट्राभल्सले जनाएको छ । १४औँ वार्षिकोत्सवका अवसरमा सेवाग्राहीमुखी योजना सार्वजनिक गरेको हो ।
यसले गर्दा पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने आइएमई ट्राभलले दावी गरेको छ । सार्वजनिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन, उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्णलाई राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।
नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याएको उनले बताए ।
आइएमई ट्राभल्सले पर्यटन बिकासमा भूमिका खेलेको र आगामी दिनमा पनि पर्यटन बिकासका लागि सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जनाएको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्घन र बिकासका लागि बिभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ आगामी दिनमा बढ्ने आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।


प्रतिक्रिया दिनुहोस्