नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने « Arthapath.com
२२ माघ २०७६, बुधबार

नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने



काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ । एपी वान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन ३ मा इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफ्ना मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिने भएको छ ।

१ पटकमा न्यूनतम १ भोट देखि अधिकतम १ हजार भोट गर्न सकिने छ । शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् ।

प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका ममता गुरूङ, निशान बुडुजा र मुस्कान रानाभाट, हेटौडाकी मिग्मा लामा, काठमाडौंकी मेघा श्रेष्ठ, बर्दिवासका किरण कुमार भुजेल, चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिस्पर्धा गरिरहेका छन् ।

चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्