कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करण हुने « Arthapath.com
२२ माघ २०७६, बुधबार

कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करण हुने



काठमाडौं । कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करण हुने भएको छ । कोका–कोला मोःमोःउत्सव हरेक बर्षको शुरुवातमा हुने एक पर्व हो । नेपालीहरुको पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनबाट बनेको हुन्छ ।

विगत ४ बर्षदेखी सफलता पाईसकेको छ । मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिने आयोजकले जनाएको छ ।
“खाना जे होला स्वाद बढाउन कोका–कोला” भन्ने नारा छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्छ भन्ने हो ।

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको जनाएको छ । अभियान अन्तर्गत अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल हुने भएका छन् ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले, “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।” मोःमोःउत्सव अभियानको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्