अर्थतन्त्र बलियो बनाउन डिजिटल प्रविधिको आवश्यकताः मन्त्री खतिवडा

काठमाडौं । अर्थ मन्त्री युवराज खतीवडाले नेपालमा डिजिटल प्रविधिको आवश्यकता रहेको बताए । २१ औं शताब्दि पनि परम्परागत प्रणालीबाट कार्य हुँदा जनताले सास्ति पाईरहेकाले अवको समयमा डिजिटल प्रविधिको आवश्यकता रहेको बताए । नेपाल ब्यस्थापन संघको ३९ औँ साधारण सभा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विश्वले डिजिटल प्रविधिमा फड्को मारेकाले नेपालले पनि त्यसको सिको गर्नुपर्ने उनले बताए । नेपालको अर्थ व्यवस्थालाई व्यवस्थित गरि मजबुत बनाउन डिजिटल प्रविधिको आवश्यकता रहेको उनी बताउँछन् ।
सबै नेपालीसंग एन्ड्रोइड फोनको पहुँच भईसकेकाले अव कसैले पनि कर तिर्नदेखि लिएर अन्य कामको लागि कार्यालयसम्म पुग्न नपर्ने बताए । उनले भर्ने अव सबै कार्यालयहरुमा डिजिटल पेमेन्टको व्यवस्था हुने छ, जसले गर्दा जनतालाई सास्ति हुँदैन ।’
तर यसको स्थापनका लागि विभिन्न चुनौति खेप्नुपर्ने उनी बताउँछन । नया आउने पुस्ताले डिजिटल प्रविधिसंग जुध्न आवश्यक रहेको उनले बताए र्। नेपालमा ई कमर्सको अभ्यास शुरु हुने छ । केहि कार्यालयहरुमा शुरु भएपनि अव सबै कार्यालयहरुमा पनि यसको थालनि हुने छ,’ उनले बताए ।