भ्यालेन्टाइन डे अवसरमा एनसेलले ल्यायो १ सयमा ७ सय मिनेट भ्वाइस प्याक « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

भ्यालेन्टाइन डे अवसरमा एनसेलले ल्यायो १ सयमा ७ सय मिनेट भ्वाइस प्याक



काठमाडौं । प्रणय दिवसका अवसरमा एनसेल कम्पनीले प्रिपेड ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले ’अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत करसहित १ सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक ल्याएको छ । कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि ३ महिनासम्मका लागि लागू हुनेछ ।

यो अफर अनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ । अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्