श्रम मन्त्रालयको ७० प्रतिशत सूचक प्राप्त « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

श्रम मन्त्रालयको ७० प्रतिशत सूचक प्राप्त



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महाततका निकायहरुको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको उपलब्धी सूचकको हालसम्मको प्रगति समीक्षा सार्वजानिक गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका महाशाखा प्रमुखहरु र मातहतका निकायका महानिर्देशक, कार्यकारी निर्देशकहरुबाट अर्ध वार्षिक प्रगतिको प्रस्तुतीकरण र समीक्षा भएको हो । मन्त्रालयले चरणवद्ध उपलब्धीको लागि राखेका लक्ष्यमध्ये ७०.५५ प्रतिशत लक्ष्य अनुसार प्रगति भएको जनाइएको छ ।

यसैगरी २८.८५ प्रतिशत प्रगतिको क्रममा रहेको र ०.७५ कार्यक्रम सुरु हुन सकेको छैन । हरेक शीर्षकमा भएको कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्य अनुसारको प्रगति हासिल गर्न चाल्नु पर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्