सामाजिक सुरक्षा कोषमा १ लाख ४४ हजार सहभागी भए « Arthapath.com
२५ माघ २०७६, शनिबार

सामाजिक सुरक्षा कोषमा १ लाख ४४ हजार सहभागी भए



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको संख्या १ लाख ४४ हजार भन्दा बढि पुगरेको छ । शुक्रवारसम्म कुल १ लाख ४४ हजार १ सय ४४ श्रमिक योजनामा सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १२ हजार १ सय ३५ पुगेको छ । कोषमा सबैभन्दा बढी बागमती प्रदेशका श्रमिक सूचीकृत भएका छन् । सो प्रदेशबाट १ लाख ४ हजार ७ सय १२ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ ।

प्रदेश नम्बर १ बाट २१ हजार ३ सय २१, प्रदेश नम्बर २ बाट आठ हजार ८ सय ५३, गण्डकी प्रदेशबाट ५ हजार २ सय २३, प्रदेश नम्बर ५ बाट ३ हजार ४ सय, सुदूरपश्चिम प्रदेशबाट ४ सय ६६ र कर्णाली प्रदेशबाट १ सय ६९ श्रमिक सूचीकृत भएका छन् । बागमती प्रदेशबाट सबैभन्दा बढी ८ हजार १ सय १६ रोजगारदाता कोषमा आबद्ध भएका छन् । प्रदेश नम्बर १ बाट १ हजार ८ सय ६०, प्रदेश नम्बर ५ बाट ८ सय ७०, गण्डकी प्रदेशबाट ५ सय ५६, प्रदेश नम्बर २ बाट ४ सय ८२, सुदूरपश्चिमबाट १ सय ३० र कर्णाली प्रदेशबाट १ सय २१ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

शुक्रवारसम्म कोषमा ५८ करोड २२ लाख ६८ हजार १ सय ३१ योगदान रकम संकलन भइसकेको छ । कोषबाट ६ श्रमिकका आश्रित परिवारले आर्थिक सहायता लिँदै आएका छन् ।

कोषमा रोजगारदाता र श्रमिकको उल्लेख्य सहभागिता हुन सकेको छैन । विभिन्न नीतिगत जटिलता रहेको भन्दै रोजगारदाता कोषमा सहभागी हुन आलटाल गर्दै आएका छन् । केन्द्रीय तथ्यांक विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानको संख्या ९ लाख २२ हजार ४ सय ४५ छ । ती प्रतिष्ठानमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्ति सक्रियरूपमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्