राष्ट्रपति भण्डारी र नेपाल उद्योग परिसंघबीच भेट « Arthapath.com
२६ माघ २०७६, आईतवार

राष्ट्रपति भण्डारी र नेपाल उद्योग परिसंघबीच भेट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यवसायीक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुन सक्ने बताईन । राष्ट्रपति निवास शितल निवासमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गतिलिन सक्ने बताएकी हुन् ।

निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधै सद्भाव रहेदै आएको पनि राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । आर्थिक विकासका एजेण्डा, रोजगारी सृजना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने पनि राष्ट्रपति भण्डारीले प्रतिबद्धता जनाईन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल सरकारसँग नेपाल उद्योग परिसंघले सघन सहकार्य गर्दै आएको पनि अध्यक्ष मोरले राष्ट्रपतिलाई जानकारी गराए । सरकार र व्यवसायी बीचको विश्वासको वातावरण बनाउन पर्ने र वातावरण बन्दा आर्थिक विकासमा थप मद्दत पुग्न जाने तर्फ अध्यक्ष मोरले राष्ट्रपतिको ध्यानाकर्षण गराए ।

यसैगरि परिसंघले राष्ट्रपति भण्डारीलाई नेपालको उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न साझेदारहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलन ९ल्भउब िक्भअयलम भ्लतचभउचभलभगचकजष्उ क्गmmष्त० का बारेमा पनि जानकारी गराएको थियो ।
परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुले भोगेका कानूनी झन्झट, विद्युत खपत बढाउने गरि महशुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रर्वद्धन मार्फत व्यापार घाटा कम गर्ने उपायहरु बारे धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्