सरकारको कार्वाहीप्रति सीजी कम्न्युकेसन्स बोल्यो « Arthapath.com
२६ माघ २०७६, आईतवार

सरकारको कार्वाहीप्रति सीजी कम्न्युकेसन्स बोल्यो



काठमाडौं । नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सीजीले २० अर्व तिरे यूनिफाईड लाईसेन्स पाउने भन्ने भनाई प्रति सीजी टेलिकमको ध्यानकार्षण भएको छ । लामो समयदेखी नेपालमा टेलिकम सञ्चालनका लागि अनुमति पत्र नपाएको सीजि कम्युनिकेसन्स प्रालिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको खण्डन गरेको हो ।

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले २० रुपैयाँ अर्ब तिरे सीजीलाई आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने धारणा राखेपछि सीजीले यस्तो जवाफ दिएको हो ।

सीजिले विगत ३ नेपालमा टेलिकम सञ्चालन गर्नको लागि विगत ३ बर्षदेखी प्रतिक्षारत रहेको तर सरसकारले अझैपनि अमुमति पत्र प्रदान नगरेको आरोप लगाएको छ । कम्पनिले प्रचलित नियम, कानुन अनुसरा सम्पुर्ण प्रक्रिया पुरा गरेको दावी गरिएको छ । तर सञ्चार मन्त्री बाँस्काटाले २० अर्व भुक्तानी गरेपछि मात्र अनुमति पाउँछ भनेका थिए । तर मन्त्री बाँस्कोटाको उक्त भनाई नियम संगत नरहेको कम्पनिले अरोप लगाएको छ ।

सीजि कम्युनिकेसन्स जनतामा समर्पित कम्पनि रहेको तर सरकारले यसको गलत प्रचार गरेकोमा कम्पनिको ध्यानाकार्षण भएको हो । कम्पनिले पछिल्लो पस्ताको प्रविधिमार्फत आम उपभोक्तालाई निशुल्क भ्वाईस र हालको दरको तुलनमा ५० प्रतिशत सस्तो मूल्यमा ईन्टरनेट सेवा प्रदान गर्ने उसले दावी गरेको छ ।

सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको तर सरकारले युनिफाईड लाईसेन्स नदिनुको कारण लिखित रुपमा माग गरिएको भएपनि हालसम्म नदिएको कम्पनिले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कम्पनिका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी र प्रवक्ता मधुसूदन पौडेलले जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्