वेस्टर्न युनियनको उपभोक्ता प्रबद्र्धन बम्पर लक्की ड्र विजेता घोषणा « Arthapath.com
२६ माघ २०७६, आईतवार

वेस्टर्न युनियनको उपभोक्ता प्रबद्र्धन बम्पर लक्की ड्र विजेता घोषणा



काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । उक्त लक्की ड्र मा महेन्द्र कुमार लामालाई विजेता भएका छन । लामाले १० लाख प्राप्त गरेका छन ।

दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो । ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाईका साथ साथै ग्राहकहरुप्रति आभारी भएको वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले बताए । आफुले कडा मिहेनत गरेर कमाएको पैसा नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राखेकोमा उनी खुशी भएका छन ।


प्रतिक्रिया दिनुहोस्