चैतसम्म रेल आउने रेल विभागको दावी « Arthapath.com
२७ माघ २०७६, सोमबार

चैतसम्म रेल आउने रेल विभागको दावी



काठमाडौं । कुर्था—जनकपुर—जयनगर चल्ने रेल चैल मसान्तसम्म सञ्चालनमा आउने रेल विभागले दावी गरेको छ । करिब ८५ करोड रुपैयाँ लागतमा भारतसँग २ वटा रेल जीटुजी प्रक्रियाअन्र्तगत ल्याृने प्रयासमा नेपाल सरकार रहेको छ ।

निर्माणधीन रेलको आवश्यक निरीक्षण पूरा समेत भएको र हालसम्म २० प्रतिशत रकम भुक्तानी गरिसकेको छ । जनकपुर कुर्था जयनगरमा रेलमार्गको लम्बाइ ३५ किलोमिटर छ भने थप १७ किलोमिटर बिजलापुरासम्म जोड्ने जनाएको छ ।

पूर्वपश्चिम कुल ९ सय ४५ किलोमिटर लम्बाइ हुने रेलमार्गको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा पुनः डीपीआर गर्नुपर्नै देखिएको विभागले जनाएको छ । करिव ५० करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ । विभागले २६ जना दक्ष जनशक्ति नेपाल र भारत द्ुवै देश्बाट ल्याउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्