सरकारी कागज कीर्ते गरेको आरोपमा एक जना कर्मचारी पक्राउ « Arthapath.com
२७ माघ २०७६, सोमबार

सरकारी कागज कीर्ते गरेको आरोपमा एक जना कर्मचारी पक्राउ



काठमाडौं । सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक जना कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको जनाईएको छ । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्