ग्लोबल आइएमई बैंकले गर्यो ५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई रु ५ लाखको चेक हस्तान्तरण गरेका हुन ।
क्याम्पस प्रमुख निरौलाले विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंकले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेकोप्रति हर्षित भएको बताए ।
बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त दिए । उनले ग्लोबल आइएमई बैंक, क्याम्पस भवन निर्माणका लागी आर्थिक सहयोग गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत दावी गरे ।