नेपालका ४ विद्यार्थी दक्षिण अष्ट्रेलियाका लागि बने विजयी (को को छन) « Arthapath.com
२८ माघ २०७६, मंगलवार

नेपालका ४ विद्यार्थी दक्षिण अष्ट्रेलियाका लागि बने विजयी (को को छन)



काठमाडौं । स्टडी एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा विस्तार दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।

विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज दिईएको छ । १ हजार ५ सय अष्ट्रेलियन डलर सम्मको फिर्ती टिकट, १ हजार अष्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेश समावेश गरिएको छ । जसमा विद्यार्थीहरुले पूर्ण शैक्षिक र जीवनशैली अनुभव गर्न सक्ने छन ।
विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिने छ ।

प्रत्येक बर्ष उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ । सन् २०१९ मा २ हजारभन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका थिए । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् । यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक “स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर” को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।

स्टडी एडिलेडका सिईओ क्यारन केन्टले “हामी नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसेडर प्रोग्रामको प्रतिक्रयाबाट निकै उत्साहित छौं । हामीले दक्षिण एशियाबाट १ हजार ५ सयभन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेका थियौ र नेपालको संख्या उल्लेखनिय रहेको थियो । यसले हामीलाई निर्णय लिन निकै कठिन बनाएको थियो ।” “हामी २०२० का लागि नेपालका ४ स्टुडेन्ट एम्बेसेडरलाई स्वागत गर्न र उनीहरुलाई हाम्रो भाइब्रेन्ट शहरी जीवन, सुरक्षित, सहयोगी समुदाय र वल्र्ड–क्लास शैक्षिक संस्थासँग परिचित गराउन उत्साहित छौं ।

स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् ।

विश्वभरका शिर्ष २% युनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो । इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नाका लागि १४% किफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।


प्रतिक्रिया दिनुहोस्