सिटिजन्स बैंकका ग्राहकले एल्लो प्यागोडा होटेलमा छुट पाउने « Arthapath.com
२८ माघ २०७६, मंगलवार

सिटिजन्स बैंकका ग्राहकले एल्लो प्यागोडा होटेलमा छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एल्लो प्यागोडा होटेलबीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुटमा सहमती भएको छ । दुबै संस्थाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन । सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकले एल्लो प्यागोडा होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउँने भएका छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्