फागुन १९ देखी नेपाल–जापान हवाई सेवा शुरु हुने « Arthapath.com
२८ माघ २०७६, मंगलवार

फागुन १९ देखी नेपाल–जापान हवाई सेवा शुरु हुने



काठमाडौं । नेपालबाट जापानको नारितामा ३७ हजारमै सीधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले फागुन १९ बाट हप्ताको ३ दिन सिधा गर्ने भएको छ । निगमले एयरबसको ए ३३० नामको २ सय ७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान गर्ने जनाएको छ ।

काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने गरी उडान तालिका बनाएको छ । सोमबार, बुधबार र शुक्रबार उडान गर्ने भएको छ ।

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ । निगमको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका २ वटा ब्यागेजको सुविधा पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्