सिमेन्ट उद्योगीको समस्या समाधान गर्न सरकार तयारः उपप्रधानमन्त्री पोखरेल « Arthapath.com
२९ माघ २०७६, बुधबार

सिमेन्ट उद्योगीको समस्या समाधान गर्न सरकार तयारः उपप्रधानमन्त्री पोखरेल




काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ र नेपाल सरकार सडक विभागले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सरकार र निजिक्षेत्र विच समन्वय आवश्यक रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्न सरकार र निजी क्षेत्रको समन्वय हुन आवश्यक रहेको उनले बताए ।

उनले भर्ने सहकार्य गर्न सरकार तयार छ । सडकका पिच गुणस्तर भएन । सुधार्नुपर्ने जरूरी छ ।’
“सिमेन्ट उद्योगमा नेपाल आत्मानिर्भर बनेको छ । उत्पादित सिमेन्ट गुणस्तर भएन, गुणस्तर बनाउन सरकारले के गर्नुपर्याे सरकारले गर्नुपर्ने सहयोग गर्छ”उनले भने ।

राज्यले निर्माण गरेका नीतिहरुमा समस्या छ भने सरकारले सहयोग गर्छ तर गुणस्तरीयता कायम गर्न आवश्यक रहेको उनले बताए । जनतासँग सरकारले गरेका प्रतिवद्दता पुरा गर्न सरकार लागिरहेको छ । सिमेन्ट उद्योगको समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्