पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख सहयोग « Arthapath.com
२९ माघ २०७६, बुधबार

पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख सहयोग



काठमाडौं । गोरखा नगरपालिका ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरिएको हो ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा पहिलो पटक स्थापना भएको हो । पुस्तकालयको भवन संरक्षणविहिन रहेकै अवस्थामा भूकम्पले थप क्षति पुगेको थियो ।
भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भईरहेको छ ।

निर्मााणधिन भवन २ तलाको ढलान सम्पन्न भईसकेको जनाएको छ । राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्