पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध सर्वोच्चमा रिट « Arthapath.com
२९ माघ २०७६, बुधबार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा २ जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन् ।

अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाउने तय गरेको थियो। अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।


प्रतिक्रिया दिनुहोस्