सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता « Arthapath.com
२९ माघ २०७६, बुधबार

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफरबीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा आएको रकम ग्राहकले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।

सम्झौता बमोजिमअनुसार म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्