एफएनसिसिआईको चुनावी सरगर्मी: बरिष्ठ उपाध्याक्षमा चन्द्र ढकाल सँग किशोर प्रधान भिड्ने « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

एफएनसिसिआईको चुनावी सरगर्मी: बरिष्ठ उपाध्याक्षमा चन्द्र ढकाल सँग किशोर प्रधान भिड्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर समूहका उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । सभामा भाग लिन एक दर्जन व्यवसायी विराटनगर पुगेका छन । चन्द्र ढकालले एक महिनाअघि नै बाग्लङबाट उमेद्धारी घोषणा गरेका थिए ।

उम्मेदवारी घोषणा सभामा भाग लिन प्रधान समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका दावेदार दिनेश श्रेष्ठ र बस्तुगत समूह उपाध्यक्षका दावेदार अन्जन श्रेष्ठ काठमाडौंबाट विराटनगर गएका हुन । उम्मेदवारी घोषणा भने काठमाडौंमा हुने छ ।

घोषणा सभामा भाग लिने बरिष्ठ उपाध्यक्ष अध्यक्ष शेखर गोल्छा पनि विराटनगर पुगेका छन । पूर्वअध्यक्षहरु पशुपति मुरारका, कुशकुमार जोशी र विनोद बहादुर श्रेष्ठ पनि विराटनगर पुगेका छन ।

वरिष्ठ उपाध्यक्ष गोल्छा साधारणसभापछि स्वतः अध्यक्ष हुने भएकोले चुनावी ध्रुवीकरणमा सहभागि नहुन गोल्छालाई धेरै व्यवसायीको सुझाव थियो । तर यसअघिको निर्वाचनमा भवानी राणा पनि चुनावमा खुलेर लागेको उदाहरण दिदै आफू खुलेर किशोर प्रधानको समूहलाई जिताउने दावी गरेका छन ।


प्रतिक्रिया दिनुहोस्