औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश सरकालाई पत्राचार « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश सरकालाई पत्राचार



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ । सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्रचार गर्दै मन्त्रालयले औद्योगिक ग्राम घोषणा भएका स्थानमा मापदण्ड र सुविधालाई मध्यनजर गरीे समन्वय गरिदिन आग्रह गरेको हो ।

पूर्वाधार विकासका लागि नीतिगत ब्यबस्था, बित्तीय तथा प्राविधिक सहयोग, अनुगमन, मुल्याङ्कन, समन्वय तथा नियमन सम्बन्धी कार्यहरुमा केन्द्रले समन्वय आवश्यक मागेको हो ।

प्रदेश सरकारले गर्ने सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग, पूर्व तथा बिस्तृत अध्ययन प्रतिवेदन, पूर्वाधार निर्माण र बिकासमा गरिने लगानीमा संघ, प्रदेश र स्थानीय तहबीच दोहरोपन नपर्ने गरि समन्वय र सहकार्य गर्न मन्त्रालयले पत्रमार्फत भनेको छ ।


प्रतिक्रिया दिनुहोस्