पश्चिम सेती आयोजना निर्माणका लागि प्रधानमन्त्रीलाई ७५० पैसा सहयोग « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

पश्चिम सेती आयोजना निर्माणका लागि प्रधानमन्त्रीलाई ७५० पैसा सहयोग



काठमाडौं । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको ’बोलन्या थली’ धनगढीले ‘सडक संगीत संघर्ष’ कार्यक्रम आयोजना गरेको छ ।

पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले बुधबार साँझ कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । यो संस्थाले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई ७ सय ५० पैसा बुझाउने भएको छ ।

पश्चिमका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा उठेको रकममध्ये ७५० पैसा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रमार्फत् बुझाउने बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए । ‘कार्यक्रममा सहभागीहरूले स्वतःस्फूर्त रुपमा रकम दिँदा ५ हजार ३४५ रुपैयाँ संकलन भएको जनाएका छन । ‘त्यसमध्ये सांकेतिक विरोधस्वरूप हामी ७५० पैसा प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्रमार्फत् बुझाउने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्