यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी पछि मात्र सप्तकोसीमा पानी जहाज सञ्चालन गर्ने « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी पछि मात्र सप्तकोसीमा पानी जहाज सञ्चालन गर्ने



काठमाडौं । सप्तकोसी नदीमा सञ्चालीत पानी जहाज बन्द भएको छ । स्थानीयले अवरोध गरेकोले सञ्चालन गरिएका पानी जहाज बन्द गरिएको जनाएको छ । करिव २ बर्ष अघि सप्तकोसीमपानी जहाज पानी जहाज परिक्षण गरेको थियो । १ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको थियो । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग गरेपछि बन्द गरेको जल यातायात व्यवसायीले बताएका छन् ।

१ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको थियो । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग गरेपछि बन्द गरेको जल यातायात व्यवसायीले बताएका छन् ।

सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सात वटा पानी जहाज चल्दै आएका थिए । बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टसन प्रालिले ७ वटा पानी जहाज सञ्चालन गर्दै आएका छन् ।

जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्