कर्णाली प्रदेशमा उद्योग वाणिज्य महासंघको कार्यालय उदघाटन « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

कर्णाली प्रदेशमा उद्योग वाणिज्य महासंघको कार्यालय उदघाटन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालयको शुरुवात गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उक्त कार्यालयको बिहीबार उद्घाटन गरेकी हुन् । नेपाल संघीय संरचनामा गइसकेपछि सातै प्रदेशमा कार्यालयहरु सञ्चालनमा ल्याइएको अध्यक्ष राणाले बताइन् । प्रदेश कार्यालय स्थापना भएपछि अवको समयमा उद्योगका क्षेत्रमा थप टेवा पुग्ने बताएकी हुन ।

भवन उद्घाटन कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीलगायतका व्यवसायीहरुको उपस्थित थियो ।


प्रतिक्रिया दिनुहोस्