सिटिजन्स बैंकद्वारा माया घर नेपाललाई आर्थिक सहयोग प्रदान « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

सिटिजन्स बैंकद्वारा माया घर नेपाललाई आर्थिक सहयोग प्रदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले इटहरी स्थित माया घर नेपाललाई रू ८० हजार आर्थिक सहयोग गरेको छ । मानसिक स्वास्थ्यमा समस्या भएका तथा सडकमा बेबारिसे भई जिवन र मृत्युको दोधारमा जिवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गर्ने मायाघर नेपाललाई सहयोग गरेको हो ।

मायाघर नेपालले सिपमुलक तालिम संचालन गर्ने, माया दिने र पुर्नमिलन गराई जिवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तपÞर्m डो¥याँउने उद्देश्यले संचालित मायाघर नेपालको प्रांगणमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

५४ जनालाई उद्धार गरी माया घर नेपालमा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आईरहेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन बैंकले जनाएको छ ।

८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्