१६ बर्षपछि हिमालयन बैंकमा सत्ता परिवर्तन « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

१६ बर्षपछि हिमालयन बैंकमा सत्ता परिवर्तन



काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट सञ्चालक निर्वाचित भएका पाँचमध्येबाट तुलसीप्रसाद गौतम अध्यक्ष चयन भएका छन् । उनी कर्मचारी सञ्चय कोषका प्रमुख हुन् । कोषको प्रतिनिधिको रुपमा बैंक सञ्चालक मनोनीत गौतम नयाँ सञ्चालक समितिमा अध्यक्ष चयन भएका हुन । हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षबाट १६ वर्षपछि मनोज बहादुर श्रेष्ठ यसै साधारण सभाबाट बाहिरिएका छन । श्रेष्ठको दाजुभाई नै बैंक सन्चालक रहेकोमा अब भने एकजनामात्र चुनिने निश्चित भएसँगै श्रेष्ठ बाहिरिएका हुन् ।

उनी २६ वर्षदेखि बैंकको सञ्चालक थिए भने १६ वर्ष अध्यक्षको रुपमा रहे । श्रेष्ठ समूहको तर्फबाट यसअघि नै सञ्चालक रहेका प्रचण्डबहादुर श्रेष्ठ पुनः सञ्चालक चुनिएका छन् । यद्यपि, सञ्चालक समितिभित्र बहुमत भएको श्रेष्ठ समूहको बहुमत घटे पनि उनको समूहमा ३ जना सञ्चालक कायमै छन् । प्रचण्ड बहादुरसहित स्वतन्त्र सञ्चालक नियुक्त गरिएका राधाकृष्ण पोते र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने बिजयबहादुर श्रेष्ठ पनि उनीहरूकै पक्षका हुन् ।

यसअघि हिमालयन बैंकमै तलब खाएर काम गर्ने राधाकृष्ण पोतेलाई गतवर्ष स्वतन्त्र सञ्चालक नियुक्त गर्दा पनि ठूलै विवाद भएको थियो । उनलाई तत्कालिन अध्यक्ष श्रेष्ठको आडबलमा सञ्चालक नियुक्त गरेर आफ्नो पक्षमा बहुमत सञ्चालक पु¥याइएको थियो । यद्यपि, उनको कार्यकाल अझै ३ वर्ष बाँकी छ । यस बाहेक सर्वसाधारणमा रहेका २० प्रतिशत सेयरधनीको प्रतिनिसधत्व गर्दै विजयबहादुर श्रेष्ठ चयन भएका छन् । दोस्रो बजारमा सेयर खरिद गरेर श्रेष्ठ समूहले आफ्नो आफन्तलाई सञ्चालक बनाउन सफल भएका हुन् ।

संस्थापक समूहबाट दुईजना सञ्चालक चुनिनका लागि कम्तीमा २६ प्रतिशत प्रोक्सी आवश्यक पर्ने भए पनि श्रेष्ठ समूहले २३ प्रतिशत मात्र प्रोक्सी संकलन गर्न सकेपछि उनीहरूमध्ये एक बाहिरन बाध्य भएका हुन् । यसअघि १४ प्रतिशत सेयर होल्ड गरेका खेतान समूहलाई सञ्चालक बन्न नदिएर श्रेष्ठ समूहले हटाएको थियो । जबकी ८ प्रतिश सेयर रहेका प्रचण्डबहादु श्रेष्ठ सञ्चालक बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्