खानालाई भोजनमा परिणत गर्दै कोका–कोला मोःमोः उत्सव « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

खानालाई भोजनमा परिणत गर्दै कोका–कोला मोःमोः उत्सव



काठमाडौं । ५ औं कोका–कोला मोःमोः उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोः उत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुका साथमा उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ । जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह, अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत छन् । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने “हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं । नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।”


प्रतिक्रिया दिनुहोस्