धमाधम भित्रिन थाल्यो विदेशी लगानी, मेगा बैंकले ल्यायो दोहा बैंकको २ अर्ब « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

धमाधम भित्रिन थाल्यो विदेशी लगानी, मेगा बैंकले ल्यायो दोहा बैंकको २ अर्ब



काठमाडौँ । देशमा बैदेशिक लगानी भित्रिन सुरु भएको छ । बजारमा लगानी योग्य रकमको अभाव भैरहेको अवस्थामा कतारको दोहा बैंकले मेगा बैंक नेपाललाई लगानीको लागी रकम भित्र्याएको हो । दोहा बैंकबाट २ अर्ब २५ करोड व्यवसायिक ऋण नेपाल भित्राउने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर करिब २ अर्ब २५ करोड रुपैंया नेपाल भित्राउन लागेको हो । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आइतबार ऋण भित्र्याउने सम्झौता भएको ह ।

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।


प्रतिक्रिया दिनुहोस्