सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने सम्वन्धि सम्झौता भएको छ । सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्