सांग्रिला बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

सांग्रिला बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेष्ट कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेष्ट कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशनल कलेज भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सिसिआरी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्