वाणिज्य बैंकको मालपोतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

वाणिज्य बैंकको मालपोतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धुलिखेल शाखाले मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक्सटेन्सनको उद्घाटन गरे । मालपोत कार्यालय धुलिखेलका प्रमुख शालिकराम आचार्यले राष्ट्रिय वाणिज्य बैंक कार्यालय मै एक्सटेन्सन काउन्टर खोलेपछि सेवा प्रवाहमा सहजता आएको बताए ।

सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा दैनिक ४०÷५० लाख राजस्व उठ्ने गरेको छ । उक्त बैंकको काउन्टर खुल्नु अगाडि मालपोत कार्यालयले लेखा शाखामार्फत राजस्व उठाउँदै आएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा प्रमुख विनोदप्रसाद सापकोटाले काभ्रेको धुलिखेल, बनेपा र भकुण्डेबेंसीबाट राष्ट्रिय वाणिज्य बैंकले सेवाप्रवाह गर्दै आएको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्