आफ्नो पालामा सिन्को नभाँच्ने, बाहिरिएपछि आलोचना गर्नेः–अर्थमन्त्री खतिवडा « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

आफ्नो पालामा सिन्को नभाँच्ने, बाहिरिएपछि आलोचना गर्नेः–अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले २ वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको बतएका छन । उनले अरुको आलोचनाले भन्दा पनि तथ्यले पुष्टि गर्ने दावी गरे । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै डा. खतिवडाले दशकौंसम्म राज्यको नीति–निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना गरिरहेको भन्दै उनले यस्तो बताएका हुन । आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण, र समाजको रुपान्तरणमा समेत काम भएको उनले बताए ।

आफ्नो पालामा सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के–के न गरेँ भन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको अर्थमन्त्रीले आरोप लगाए ।

त्यस्तै मन्त्री खतिवडाले सरकारले आफ्ना धारणा सार्वजनिक गर्ने माध्यम ‘सरकारी मिडिया’समेत अब सस्तो लोकप्रियताको पछि लाग्न थालेको बताएका छन ।

उनले तालिम केन्द्र सरकारको आवाज बोक्ने ‘फ्लोर’ हुनुपर्ने उनको भनाइ छ । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०६७÷६८ सालको एक संयोगको उदाहरण दिँदै तालिम केन्द्र सरकारको धारणा सार्वजनिक बन्ने फोरम हुनुपर्ने बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्