आकाशबाटै कालापानी अवलोकन गरेर फर्किए रक्षामन्त्री पोखरेल « Artha Path
५ फाल्गुन २०७६, सोमबार

आकाशबाटै कालापानी अवलोकन गरेर फर्किए रक्षामन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्र निरीक्षण गरेका छन । सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेका हुन ।

उप प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कालापानी क्षेत्रमा हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसकेपछि हेलीकप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धनाथ पौड्यालले बताए । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ ।


प्रतिक्रिया दिनुहोस्