डडेल्धुरामा प्रदेशस्तरीय औद्योगिक व्यापार मेला हुने « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

डडेल्धुरामा प्रदेशस्तरीय औद्योगिक व्यापार मेला हुने



काठमाडौं । ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ आयोजना हुने भएको छ । महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढाईएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।

‘सुखी नेपाली समृद्ध नेपालः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ८ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले बताएको छ ।

महोत्वसको ६०÷७० प्रतिशत तयारी सकिएको जनाएको छ । महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहित तीनसय बढी स्टल रहने छन ।


प्रतिक्रिया दिनुहोस्