साल्ट ट्रेडिङले २ करोड ४० लाख नाफा कमायो « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

साल्ट ट्रेडिङले २ करोड ४० लाख नाफा कमायो



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आवको पहिलो त्रैमासको प्रोभिजनल वित्तीय बिवरण अनुसार गत आवको तुलानामा २ करोड ४० लाखले नाफा कमाएको छ । गत बर्ष सोही अवधीमा २८ करोड १० लाख खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधीमा ३० करोड ५० लाख बराबरको नाफा आर्जन गरेको छ ।

कम्पनीको बिक्री आम्दानी पनि ४८ करोड रुपैयाँले बढेर २ अर्ब ३४ करोड पुगेको छ । कर्मचारी खर्च १.२० प्रतिशतले बढे्को छ । गत बर्ष ६ करोड ६९ लाख खर्च गरेको कम्पनीले समीक्षा अवधीमा ७ करोड ६९ लाख खर्च गरेको छ ।

यो अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ६.९२ ले बढेर ७.९५ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्