पशुपतिनाथमा जलहरी निर्माणका लागि डेढ अर्ब चन्दा संकलन « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

पशुपतिनाथमा जलहरी निर्माणका लागि डेढ अर्ब चन्दा संकलन



काठमाडौँ । हिन्दुहरुको सबैभन्दा ठूलो मन्दिरका रुपमा मानिएको एक मात्र आराध्यदेव पशुपतिनाथ मन्दिरका लागि चन्दा संकलन कार्य शुरु भएको छ । सुनको जलप निर्माण गर्नका लागि करिव डेढ अर्व रुपैँया चन्दा संकलन गरिने भएको छ ।
फागुन ९ गते शिवरात्रीमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माणका लागि १ सय ४१ किलो सुन जम्मा गर्न चन्दा उठाउने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार हिन्दुको आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा जलहरी निर्माणका लागि चन्दा उठाउन आग्रह गरेको छ ।

सूचना अनुसार एक तोलाभन्दा बढी सुन बढीमा १ किलोग्राममात्र स्वीकार गरिनेछ । खरिद गर्न लाग्ने रकम उपलब्ध गराउने चन्दादाताको नाम दाताको इच्छा भएमा स्मारिकमा समेत प्रकाशन गरिनेछ ।

कोषले जलहरी निर्माण गर्दा २४ क्यारेटको सुन मात्रै प्रयोग गर्ने भएको छ । कोषले सुनको जलहरी निर्माण कार्यमा सम्पूर्ण हिन्दु धर्मालम्बी श्रद्धालु भक्तजनको भाव र श्रद्धासहितको सहभागिता जुटाइ जलहरी निर्माण गर्ने भएको हो ।

कोषले नेपाल इनभेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकका विभिन्न खातामा रकम जम्मा गर्न सकिने जनाएको छ ।

यस्तै, जलहरी निर्माणका लागि गोप्यदान गर्ने इच्छा हुने भक्तजनका लागि पशुपतिनाथ मन्दिरको प्रांगणभित्र एउटा र मन्दिरको पश्चिम गेटबाहिर १ गरी २ वटा दानपत्रको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्