४ करोड १७ लाखमा मानव मलमुत्र फोहर प्रशोधन केन्द्र « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

४ करोड १७ लाखमा मानव मलमुत्र फोहर प्रशोधन केन्द्र



काठमाडौं । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । महालक्ष्मी नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ४ करोड १७ लाख रकममा निर्माण हुने भएको हो ।

जसमा साढे ३ करोड बोर्डको र रु ५५ लाख नगरपालिकाले लगानी गर्ने भएको छ । प्रसोधन केन्द्र निर्माण भएपछि करिव ३ ट्रक दिशाजन्य लेदो व्यवस्थापन गर्र्न सकिने भएको छ ।

दिशाजन्य लेदोमा ९० प्रतिशत पानी र १० प्रतिशत पदार्थ हुने गरेको बताइएको छ । सो परियोजनाको पूर्णतापछि यसबाट बायोग्यास र तरकारी उत्पादन व्यवसायमा निकै सहयोग पुग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्