सुनको मूल्य हालसम्मकै उच्च « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ ।

यसअघि सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै मंगलबारका लागि तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्