एनआईसी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

एनआईसी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन



ajaako_artha

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित नया शाखा सञ्चालन गरेको छ ।

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले मंगलबार शाखाको उद्घाटन गरेको हो ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल करिब २१ लाख ग्राहक रहेका छन ।


प्रतिक्रिया दिनुहोस्