सिटिजन्स बैंकद्वारा विद्यालयलाई १ लाख सहयोग « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

सिटिजन्स बैंकद्वारा विद्यालयलाई १ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट अवस्थित श्री त्रिभुवन मा.वि.लाई १ लाख रुपैँया सहयोग गरेको छ । विद्यालयको प्रांगणमा आयोजित १ कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव १ हजार १ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

निकट भविष्यमा बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्