एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिलाका लागि वित्तिय सेवा सम्बन्धि सम्झौता « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिलाका लागि वित्तिय सेवा सम्बन्धि सम्झौता



काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो विच उक्त सम्झौतामा हस्ताक्षर र आदानप्रदान भएको हो ।

२०५१ साल देखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् । यस बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुरÞ्याउने काम पनि गर्दै आएको छ । यसैगरी बिगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १ सय २५ देशहरुमा सेवा प्रदान गर्दैआएको छ ।

साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ । एभरेष्टबैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।


प्रतिक्रिया दिनुहोस्