माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिजनको उपाधी कामना सेवा बैंकलाई « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिजनको उपाधी कामना सेवा बैंकलाई



काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिजन–६ को उपाधी कामना सेवा विकास बैंकले जितेको छ । एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।

उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमै पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्