माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता सम्पन्न « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता सम्पन्न



काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ । फागुन ३ गतेदेखि कीर्तिपूर स्थित अन्तराष्ट्रिय रंगशालामा भएको फाईनल खेलमा भारतिय राजदुताबास लाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो ।

भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ र निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक÷एक विकेट लिए ।

यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले हात पारे । त्यस्तै उनले प्रतियोगिताको उत्कृस्ट खेलाडीको रुपमा पनि चुनिएका थिए ।

उनले प्रतियोगिताभर कुल २ सय ५ रन बनाएका थिए भने ४ विकेट लिन सफल भए । यस्तै उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली, उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना, उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी र उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली भएका थिए ।

फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंक सफल भयो भने प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे । विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे । फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्